दफा ३१
छुट, सुविधा वा सहुलियतको प्रत्याभूति
(१) यो ऐन प्रारम्भ हुँदाका बखत दर्ता भई सञ्चालनमा रहेका उद्योगलाई यस ऐन र प्रचलित कानून बमोजिम प्रदान गरिएको छुट, सुविधा वा सहुलियतलाई सीमित गर्ने गरी कुनै व्यवस्था गरिने छैन ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा तत्काल अघि बहाल रहेको औद्योगिक व्यवसाय ऐन, २०४९ अन्तर्गत अनुमति प्राप्त गरी वा दर्ता गरी सञ्चालनमा रहेकोे उद्योगले सो ऐन बमोजिम अवधि किटिएका छुट, सुविधा वा सहुलियतका हकमा सोही ऐन बमोजिम र अवधि
नकिटिएको छुट, सुविधा वा सहुलियतका हकमा यस ऐन बमोजिमको छुट, सुविधा वा सहुलियत पाउनेछ ।
(३) यो ऐन प्रारम्भ हुनुअघि दर्ता भएको वा अनुमति प्राप्त गरेको तर यो ऐन प्रारम्भ भएपछि मात्र व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको उद्योगले यस ऐन बमोजिमको छुट, सुविधा वा सहुलियत पाउनेछ ।
तर त्यस्तो उद्योग दर्ता वा अनुमति प्राप्त गर्दाका बखत कायम रहेको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम छुट, सुविधा वा सहुलियत पाउने अवधि यस ऐनले प्रदान गरेको छुट, सुविधा वा सहुलियत भन्दा बढी अवधिको भएमा वा यस ऐन बमोजिम त्यस्तो छुट, सुविधा वा सहुलियत नपाउने भएमा तत्काल प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानून बमोजिमको छुट, सुविधा वा सहुलियत पाउनेछ ।